श्यान्टु र विनेश टेबलटेनिसको फाइनलमा

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११औँ पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गर्नुभयो । विनेशले एपीएफका सन्योग कपालीलाई ११–८, ७–११, १२–१०, ११–८, ९–११ र १२–१० को सेटमा हराउनुभयो । प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–० तथा एपीएफकी सिक्का सुवालले प्रहरीकी सोनु थापामगरलाई ४–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले राजेन्द्रमान श्रेष्ठलाई ३–१, ५० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्यले ललितपुरकै किरण ब्याञ्जनकारलाई ३–० र ६० वर्षमाथि र जगदीश्वरलाल जोशीले आनन्द धाख्वालाई ३–१ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जित्नुभयो । यु–१६ गल्र्स सिंगल्स फाइनलमा आदर्श विद्या मन्दिर (एभीए) की वियन्का राईले एभीएमकै इभाना थापा मगरमाथि ३–० को जित दर्ता गर्दै शीर्ष स्थान हात पार्नुभयो ।

तपाईको प्रतिक्रिया