विश्व खेलकुद दिवस सम्पन्न

  चैत २५, २०७८

काठमाडौँ, चैत २४ : नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहआयोजनामा भएको कार्यक्रममा खेलाडी, खेलकर्मी, पदाधिकारी, राजनीतिज्ञ, बौद्ध भिक्षु, विद्यार्थी लगाउतको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर सकिएको थियो । जहाँ विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो । त्यस अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री माननीय कुलप्रसाद केसीले यस प्रकारको कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने बताउनुभयो । एनओसीले आगामी बर्षपनि लुम्बिनीमा यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय छ । सोही अनुसार विश्वभर विभिध कार्यक्रम गरी खेलबुद दिवस मनाईदै आएको छ । नेपालमा सन् २०१५ बाट यस दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया