उठेन उपत्यकाको फोहोर, जताततै दुर्गन्ध

  चैत २५, २०७८

काठमाडौं, चैत २५ : हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ ।

पुतलिसडक, बाग बजार, कमलादी, कमल पोखरी, बत्तिसपुतली, पुरानो बानेश्वर, रातोपुल, सिनामङ्गल, मैतिदेबी, डिल्ली बजार र नयाँबानेश्वर लगायतका दर्जनौँ स्थानमा लामो समयदेखि थुपारिएको फोहारको कारण सहर दुर्गन्धित बनेको छ ।

पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण नहुँदा काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएको छ ।

यता सडक निर्माणको माग गर्दै स्थानीयवासीले संयुक्त संघर्ष समिति गठन गरेको छ। उक्त समितिले सो सडकखण्डको मुड्खु भञ्ज्यानङदेखि तीन पिप्ले खण्डमा गत फागुन १ गतेदेखि सडक अवरुद्ध गर्दै आएका छन् ।

लामो समय यसरी सडकमा थुप्रिएको फोहोरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएकोछ ।

beema-sansthan

तपाईको प्रतिक्रिया