सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

  चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित हुनुभएको छ ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उहाँले वेष्ट रेफ्री बन्न सफल हुनुभएको हो । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी हुनुहुन्थ्यो ।

निर्णयक (रेफ्री) मध्ये उहाँ उत्कृष्ट घोषित हुन सफल हुनुभएको थियो । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया