बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह

  चैत २४, २०७८

हङ्गेरी चैत २४ : हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गर्नु भएको छ । युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य गर्न आफूले आग्रह गरेको उहाँको भनाई छ ।

अत्याधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएपछि विदेशी सञ्चार माध्यमहरुका लागि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो आग्रहलाई रुसी राष्ट्रपति पुटिनले स्विकार गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । गत अप्रिल ३ मा भएको संसदीय निर्वाचनबाट उहाँ नेतृत्वको गठवन्धनले दुई तिहाइ मत प्राप्त गरेको छ । आफ्नो गठवन्धनले धेरै सिट जितेपछि राष्ट्रपति पुटिनले बधाइ दिन आफूलाई फोन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति अर्वानले युक्रेन र फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरलाई पनि जाति सक्दो चाँडो बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न आह्वान गर्नु भएको छ ।रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आफूले बुडापेस्टमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्न चाहेको उहाँको भनाई छ ।

“दुई देशबीचको युद्ध अन्त्य गर्न र गराउन उहाँहरुले यहाँ आएर वार्ता र छलफल गर्न सक्नुहुन्छ, म त्यसका लागि सबैलाई आग्रह गर्छु,” उहाँले भन्नु भएको छ ।उहाँले शान्ति वार्तामार्फत् नै विवाद र युद्धको अन्त्य गर्न सकिने भएकाले त्यसतर्फ नै लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

तपाईको प्रतिक्रिया