दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२

  चैत २३, २०७८

काठमाडौँ, चैत २३ : मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२’ हुने भएको छ । मौलिक कला, संस्कृति, गीत, सङ्गीत, चलचित्र, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले मनोरञ्जन तथा सङ्गीतका विभिन्न विधातर्फ ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२२’आयोजना गर्न लागिएको बताइएको छ । कार्यक्रमका लागि समय निर्धारण नगरे पनि आगामी जेठमा गर्ने जनाइएको छ । अवार्ड आवेदनका लागि दर्ता फाराम निःशुल्क गरिएको छ भने वैशाख २० गतेसम्म फाराम भर्नुपर्ने छ ।

जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बरसम्मका गीत, सङ्गीतलाई समावेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनुपर्नेछ । क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्ड कार्यक्रमको उत्कृष्ट गायक, गायिका, सङ्गीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायकगायिका, पर्व विशेष गीत (तीज, दसैँ तिहार, होली, पूर्वेली, काठे, पश्चिमेली भजन, पप/आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेसन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चरलगायत विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक सूर्य चन्दले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिनेछ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डका लागि आवेदन फाराम भर्न चाहने इच्छुक व्यक्तित्वले निःशुल्क फाराम भर्न पाउनेछन् । फाराम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ इन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया