हुम्लामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुुरु

  चैत २३, २०७८

हुुम्ला, चैत २३ : हुुम्लाका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले खाद्यान्न ढुवानी कार्य हेलिकोप्टरबाट सुुरु गरेको छ । यसअघि खाद्यान्न ढुवानी गर्दैआएका निजी एयरलाइन्सहरु सबै काठमाडौं केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा हेलिकोप्टरबाट ढुवानी सुुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवनाी अनुदानको हवाई मार्गको खाद्यन्न सिम्रीक एयरको हेलिकोप्टरबाट सुुरु भएको बताउनुुभयो । खाद्यान्न ढुवानी गर्दैआएका निजी एयरलाईन्सहरु सबै काठमाडौं केन्द्रित हुँदा जिल्ला खाद्य व्यवस्था समितिको बैठकले चालु आर्थिक वर्षका लागि खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गो प्रालिलाई तत्काल खाद्यान्न ढुवानीको व्यवस्था गर्न ताकेता गर्ने निर्णय गरेको थियो ।

निर्वाचन पनि आउन लागेको र चैत वैशाख महिनामा जिल्लामा खाद्य सङ्कट देखिन सक्ने सम्भावनालाई विचार गर्दै खाद्यान्न हेलिकोप्टरबाट ढुवानी सुुरु गरिएको उहाँले बताउनुुभयो । अब हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुुरु भएपछि समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिमीटेडको गोदाममा खाद्यान्न मौज्दात कम हुँदा बिक्री  हुनसकेको थिएन ।

यसवर्षका लागि लिमिटेडले सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको थियो । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले ढुवानी जिम्मा पाएको कार्गो प्रालिले हवाईजहाजहरु खाद्यान्न ढुवानी गर्न छोडेर काठमाडौं फर्केपछि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुुरु भएको बताउनुुभयो ।

कार्गो प्रालिले नेपालगञ्ज र सुर्खेतबाट पैदलमार्गबाट हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको सर्केगार्डसम्म ढुवानी गर्ने र त्यहाँबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरेको छ । पहिलो दिन मङ्गलबार बेलुका ४ बजेबाट हेलिकोप्टरले ढुवानी सुुरु गरेको र त्यसमा ४७ क्वीन्टल ढुवानी भएको उहाँले बताउनुुभयो । बुधबारबाट दैनिक २० भन्दा बढी उडान भरेर १२० क्वीन्टल खाद्यान्न ढुवानी गर्ने कार्गोको लक्ष्य छ । यसका लागि सिम्रीक एयरको हेलिकोप्टर सिमकोट बिमानस्थलमा नाईट स्टे बस्न सुुरु गरेको छ ।

लिमिटेडको खाद्यान्न कार्गो प्रालिले नेपालगञ्जबाट प्रतिकेजी १०८ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १०५ रुपियाँमा ढुवानी गर्ने जिम्मा पाएको थियो । तर उक्त प्रालिले पैदलमार्गबाट प्रतिकेजी १२ रुपियाँ र सर्केगार्डबाट हेलिकोप्टरमा एक सय रुपियाँमा ढुवानी सुुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया