बसको ठक्करबाट महिलाको मृत्यु

  चैत २१, २०७८

कञ्चनपुर, चैत २१ : भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो ।

मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया