फुटबलः मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

  चैत २०, २०७८

काठमाडौँ, चैत २० : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।सातदोबाटोस्थित ९एन्फा० अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने समान खेल खेलेको भगवतीले १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्नेछन् ।

तपाईको प्रतिक्रिया