चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीन दिने भ्रमण गर्नुहुने

  चैत ०७, २०७८

काठमाडाैं, चैत ७ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीन दिने भ्रमण गर्नु हुने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण गर्न लाग्नु भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने छ ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्वीपक्षीय वर्ता हुने छ । साथै भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षि दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नु हुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया