आहा ! क्या सुन्दर रारा

  फागुन १९, २०७८

काठमाडौं, फागुन १९ : कर्णाली प्रदेशकै गहनाको रूपमा रहेको सुन्दर ताल हो रारा । यो नेपालको सबैभन्दा ठूलो ताल हो । जैविक विविधताको हिसाबलेसमेत ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य सय वटा पर्यटकीय स्थलमा रारा समेटिएको छ। कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० पर्यटकीय स्थलमा रारा परेको छ ।

रारा ताल कर्णाली प्रदेशको मुगु र जुम्ला जिल्लामा अवस्थित छ। मुगु जिल्लाको दक्षिण र जुम्ला जिल्लाको उत्तर–पश्चिममा पर्ने तालको क्षेत्रफल १०६ वर्ग किलोमिटर छ। निकुञ्जको अधिकतम अर्थात् ९० प्रतिशत भाग मुगु र बाँकी १० प्रतिशत जुम्ला जिल्लामा पर्छ।

ताल कोणधारी वनजङ्गलले घेरिएको छ। उच्च हिमाली भूभागमा रहेको ताल क्षेत्रमा पुग्ने सबैले यसको प्रशंसा गर्ने गरेका छन्। रारा तालको कञ्चन पानी नै सबैको आकर्षण बन्ने गर्छ।

तपाईको प्रतिक्रिया