ब्रिगेडमाथि मच्छिन्द्रको फराकिलो जित

  माघ ०२, २०७८

काठमाडौँ, माघ २ : उपाधि दौडमा रहेको मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबमाथि फराकिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई ४–० गोलले हरायो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा मच्छिन्द्रलाई जिताउन विमल घर्तीमगरले दुई तथा रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गर्नुभयो । पहिलो हाफमा लगातार मौका गुमाएको मच्छिन्द्रले दोस्रो हाफमा सानदार गोल गरेको थियो । ५६औँ मिनेटमा विमलले हेड गोल गर्दै मछिन्द्रको खाता खोल्नुभयो । विमलले ६२औँ मिनेटमा विमलले रजिन धिमालको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ८४औँ मिनेटमा रेजिनले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रतालाई थप बिलयो बनाउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा अविशेक रिजालले सुजल श्रेष्ठको पासमा गोल गर्दै मच्छिन्द्रलाई फराकिलो जित दिलाउनुभयो । जितसँगै मच्छिन्द्रले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । मच्छिन्द्रले नौ खेलबाट २३ अंक छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको १९ अंक छ । पराजित ब्रिगेड ६ अंकसहित १२औँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया