थ्रीस्टार र एनआरटीको बराबरी

  पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : थ्रीस्टार र न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार र एनआरटी गोलरहित बराबरीमा रोकिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा मौका गुमाएका थिए ।

बराबरीसँगै पाँच खेलबाट ६ अंक बनाएको थ्रीस्टार छैटौँ स्थानमा छ । समान ६ अंक बनाएको एनआरटी सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको मनाङको १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ११ र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको नौ अंक छ ।

तपाईको प्रतिक्रिया