सुरोज र पविनको जोडी सेमिफाइनलमा

  पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुला ब्याडमिन्टन प्रतियोगिता को सेमिफानलमा प्रवेश गर्नुभएको छ ।

पविन र सुरोजको जोडीले साइनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४, २१–१३ को सोझो सेटमा हराउनुभयो । अर्को खेलमा बुटवलका बिश्वास नेपाल र गणेश रायमाझीको जोडीले आयोजक हरिसिद्धिका बवकास महर्जन र रदीप महर्जनको जोडीलाई २१–१८, १९–२१, २१–५ ले पराजित गर्नुभयो ।

अर्को खेलमा एपीएफक पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले बालकुमारी रिमिक्सका ससिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा पुग्नुभयो । कास्कीका विधान अधिकारी र बिशाल खड्काले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडीलाई २१–१३, २१–१७ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभयो ।

प्रतियोगिताको महिला यू–१९ तर्फ यङ्गुबहाल युथ क्लबकी रोज पाण्डेले रिभाईभकी अनिता तामाङलाई २१–८, २१–२ ले, धादिङकी बविता पुरीले फिदरकी रिहाना शेरचनलाई २१–१९, १७–२१, २१–१६ ले, भिन्छेबहालकी कृष्मा बज्राचार्यले रामेछापकी रिम्शा तामाङलाई २१–९, २१–११ ले र बालकुमारी रिमिक्सकी प्राथना देउवा कास्कीकी शितल केसीलाई २१–७, २१–८ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभयो ।

पुरुष यू–१९ तर्फ बालकुमारी रिमिक्सका आयुश्मान नागरीले आयोजकका बिवेक चौधरीलाई २१–१७, २१–१४ ले, सूर्यदर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरुले नव जाग्रीती क्लबका स्वयं मानन्धरलाई २१–१२, २१–१४ ले र क्लब ७ का डेभिड थापामगरले आयोजकका निखिल भट्टलाई २१–१९, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा पुग्नुभयो ।

तपाईको प्रतिक्रिया