‘ए’ डिभिजन लिगमा जवलाखेलको पहिलो जित

  पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : जावलाखेलले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक ललितपुर डर्वीमा जावलाखेललाई जिताउन विदेशी खेलाडी नोकोलस फर्नान्डेजले ३७औँ मिनेटमा गोल गर्नुभयो । निकोलसले च्यासलका रक्षकको गल्तीमा गोल गर्नुभएको थियो । डिबक्स भित्र च्यासलका रक्षक केचा यानिकले बल बचाउन विलम्ब गरेपछि प्राप्त बललाई निकोलसले जाली चुमाउनु भयो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि जाउलाखेल विजयी भयो । पहिलो जितसँगै पाँच खेलबाट चार अंक बनाएको जावला खेल १०औँ स्थानमा उक्लिएको छ । जावलाखेलले पाँचौँ खेलमा आएर रेलिगेसन रेखा छलेको हो । समान चार अंक बनाएको च्यासल ११औँ स्थानमा छ । दशरथ रंगशालामा शनिबारनै हुने खेलमा थ्रीस्टार र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया