दीप र स्वेच्छाको जोडी पहिलो

  पुष ०१, २०७८

काठमाडौँ, पुस १ : नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम कप खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो हुनुभएको छ । भैसेपाटीमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१०, ११–४ को सेटमा हराउनुभयो ।

आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजिव चिकबन्जारको जोडी हुनुभयो । यू–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जित्नुभयो । फाइनलमा उहाँले केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराउनुभयो । गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका अद्रियन शाही हुनुभयो ।

सोही स्पर्धाको गल्र्समा आर्मीकी दिया देउला च्याम्पियन हुनुभयो । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाउनुभएको थियो । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त तेस्रो हुनुभयो । आठ स्पर्धा समावेश प्रतियोगितामा तीन सय ५० खेलाडीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया