पारा तेक्वान्दो खेलाडी पलेशा सम्मानित

  पुष ०१, २०७८

काठमाडौँ, पुस १ : मनास्लु कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेको भन्दै सम्मान गरिएको हो ।

टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले दुई खेल जित्दै इतिहास रच्नुभएको थियो । उहाँले हालै बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जित्नुभएको थियो । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य विजेता पनि हुनुहुन्छ ।

मनास्लुद्वारा आयोजित विद्यार्थीको स्वागत तथा विदाइ कार्यक्रममा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको छ । खेलाडीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा लगायतले सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया