पीएम कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा

  मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् ।

फाप्ला क्रिकेट मैदानमा पुस ३ गते हुने उद्घाटन खेलमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन अर्को खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

तपाईको प्रतिक्रिया