वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको सानदार जित

  मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध पहिलो टी–२० आई क्रिकेटमा सानदार जित हात पारको छ । कराँचीमा सोमबार अबेर सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हरायो ।

यस जितसँगै पाकिस्तानले तीन खेलको सिरजनमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको दुई सय एक रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो ।

वेस्ट इन्डिजका लागि साई होपले सर्वाधिक ३१ रन बनाउनुभयो । ओडिन स्मिथले २४, रोभमान पावेलले २३ र रोमारियोले २१ रन जोड्नुभएको थियो । बलिङमा पाकिस्तानका मोहमद वासिमले चार, शादव खानले तीन, शाहिन अफ्रिदी, मोहम्मद नवाज र हरिस रौफले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेको क्षतिमा २०० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ७८ रन बनाउनुभयो । हेइदर अलीले ६८ र मोहमद नवाजले अविजित ३० रन बनाउनुभयो ।

बलिङमा वेस्ट इन्डिजका रोमारियोले दुई विकेट लिए । ओडिन स्मिथ, डोमिनिक ड्रेक्स, ओशान थोमस र अकिल हुसैनले एक एक विकेट झार्नुभयो ।

तपाईको प्रतिक्रिया