एसियन सेन्ट्रल जोन भलिबल : महिला टोलीको घोषणा

  मंसिर २६, २०७८

काठमाडौँ, मङ्सिर २६ : बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

नेपाल भलिबल संघले आइतबार बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट अन्तिम १२ जना टोलीको नाम सार्वजनिक गरेको हो । अरुणा शाहीको कप्तानीमा रहेको अन्तिम खेलाडी टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ हुनुहुन्छ ।

लक्ष्मीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनु भएको छ । कृपा अधिकारी र मनिषा चौधरीले टोलीमा पुनरागमन गर्नुभएको हो । साविक विजेता महिला टोलीले यसपटक उपाधि रक्षा गर्ने लक्ष्यका साथ लामो समयदेखि तयारी गरिरहेको प्रशिक्षक जगदीश भट्टले बताउनुभयो । नेपाल सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

तपाईको प्रतिक्रिया