झापा गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुँदै

  मंसिर १५, २०७८

बिर्तामोड, मङ्सिर १३ : झापाको झापा गाउँपालिकामा अन्तर पालिकास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

स्थानीय झापा–७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको छ । प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहने आयोजक समितिका अध्यक्ष रोहित कर्णले जानकारी दिनुभयो ।

स्थानीय सगरमाथा युथ क्लब तथा वडा नं ७ को संयुक्त आयोजनामा सोमबारबाट हुन लागेको प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार रुपियाँ र दोस्रो हुने टिमले नगद २५ हजार रुपियाँ पाउने छन् ।

तपाईको प्रतिक्रिया