आज विश्व एड्स दिवस : सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य

  मंसिर १५, २०७८

काठमाडौँ,मङ्सिर १५ : नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ ।  तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् ।

विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा २०२० सम्म ३० हजार ३ सय व्यक्तिहरुमा एचआईभी संक्रमित भएको अनुमान गरिएको छ। संक्रमितमध्ये ६९ प्रतिशत संक्रमित उपचारको दायरमा आएको । अर्थात डा. साहका अनुसार २० हजार ८ सय ८३ एचआभी संक्रमितले उपचार लिइरहेका छन् ।

एचआभी संक्रमित मध्ये झण्डै १० हजार भन्दा बढी उपचारमा नआएको केन्द्रले अनुमान गरेको छ।  नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नहाउँदा थप समस्या भएको डा देवकोटाले जानकारी दिनुभयो ।

उपचारमा आएका संक्रमितहरुलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती थपेका डा देवकोटाले जिकीर गनुभयो ।

महिला भन्दा पुरुष एचआची संक्रमित बढी
नेपालमा संक्रमित मध्ये ५४ प्रतिशत पुरुषमा रहेको छ । अर्थात एचआइभी संक्रमित पुरुषको संख्या १६ हजार ३ सय १४ रहेका छन् । केन्द्रका अनुसार ४६ प्रतिशत महिला एचआची संक्रमित रहेका छन् अर्थात १३ हजार ९८६ जना महिला एचआइभी संक्रमित रहेका छन् ।

त्यस्तै १४ वर्ष सम्मका एचआइभी संक्रमितहरुको ४ दशमलभ २ प्रतिशत रहेको छ । अर्थात एक हजार २६८ जना बालबालिका रहेका छन् ।
वार्षिक संक्रमित ७५४ जना थपिने गरेको केन्द्रले जनाएको छ । जसमा ३६३ जना संक्रमितको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार संक्रमित हुने बयस्क संख्या ० दशमलभ १३ प्रतिशत रहेको छ ।

डा.साहका अनुसार २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण थपिएको केन्द्रले अनुमान गरेको छ। सन् २०२० सालमा ८० जना संक्रमित बालबालिका थपिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०२० मा मात्रै ६३६ जना व्यक्तिहरुको एड्सको कारणले मुत्यु भएको अनुमान गरिएको छ । सन् २०२० मा सम्म्पन्न सर्वेक्षण अनुसार नेपालमा सुईद्धारा लागु पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ ।

यसै गरी सन् २०१७ मा भएका सर्भेक्षणका अनुसार महिला यौनकर्मीहरुमा २ दशमलभ २ प्रतिशत र पुरुष समलिङ्गीहरुमा ६ दशमलभ २ प्रतिशतका दरले एचआइभीको संक्रमण रहेको पाइएको छ ।

पश्चिम, मध्य तथा सुदुरपश्चिममा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीहरुमा एचआइभीको संक्रमण पश्चिममा ० दशमलभ ३ प्रतिशत र मध्ये तथा सुदुरपश्चिममा ० दशमलभ ६ प्रतिशत रहेको छ ।

विश्वमा एचआईभी र एड्सको अवस्था
विश्वमा सन् १९८१ म पहिलो एचआईभी संक्रमित रिपोर्ट भएदेखि सन् २०२० को अन्त्य सम्म सात करोड ९३ लाख व्यक्तिहरु एचआइभीबाट संक्रमित भइसकेका छन् र त्यसै गरि तीन करोड ६३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्युभएको छ ।

२०२० को अन्तिमसम्म संक्रमरभरमा तीन करोड ७७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । सन् २०२० मा १५ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ । २०१० मा २१ लाख नयाँ संक्रमण थियो ।

त्यस्तै २०२० मा एक लाख ५० हजार बच्चामा नयाँ संक्रमित थपिएका छन् । जुन २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ । २०१० मा तीन लाख २० हजारमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ ।

२०२० मा मात्रै करीब छ लाख ८० हजार व्यक्ति एड्का कारण मृत्यु भएको अनुमान गरीएको छ । जुन २०१० को तुलनामा ४८ प्रतिशतले कम हो । २०२० सम्म तीन करोड ७७ लाख मध्ये ७३ प्रतिशत संक्रमित उपचारमा रहेका छन् ।

१९ सय देखि २०१५ सम्म कन्डमको प्रयोग बढ्नाले ११ करोड ७० लाख नयाँ एच आई भी संक्रमण रोकिएको थियो । प्रत्येक वर्ष डिसेम्बर १ का दिन विश्वभर एड्स दिवस मनाउने गरिन्छ । ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने’ नारा सहित ३४ औ विश्व एड्स दिवस मनाउदै छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ ।

पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया