थप ३५१ जनामा संक्रमण, २७३ कोरोनामुक्त, नौ जनाको मृत्यु

  मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७० पुगेको छ ।

पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८९० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट नौ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०० रहेको छ ।

हाल होम आइसोलेसनमा छ हजार ८६९, संस्थागत आइसोलेसनमा ४३१, आइसियुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ ।

तपाईको प्रतिक्रिया