विजया दशमी (मोहनी)मा शरीरमा दीपावली

  असोज २९, २०७८

भक्तपुर, असोज २९ : विजया दशमी (मोहनी)को पावन अवसरमा यहाँस्थित भक्तजनहरुले शुक्रबार दीपावली गरेका छन् । ब्रह्मायनी मन्दिरमा आएर विधिपूर्वक अष्टमातृकाको पूजा गर्न विहानदेखि भक्तजनहरुको घुइँचो लागेको छ । भक्तजनहरुले पूजा गरेपछि आफ्नो शरीरमाथि बत्ति बालेर दीपावली गर्ने मौलिक चलन रहेको छ ।

तपाईको प्रतिक्रिया