अल्मुताइरीले प्रशिक्षक पद छाड्ने

  असोज २७, २०७८

काठमाडाैं, असाेज  २७ : नेपाललाई ऐतिहासिक फाइनलमा पुर्याउने कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले फाइनल नेपालको लागि आफ्नाे अन्तिम खेल हुने खुलासा गर्नुभयाे । उहाँले भन्नुभयो– मैले एक महिनाअघि नै राजीनामा दिइसकेको छु ।’

‘अब नेपाललाई फाइनलमा पुर्याएपछि मैले टिम छोड्नेछु । त्यसपछि म नेपाल फर्किने छैन । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो,’ उहाँले भन्नुभयो– ‘नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ ।’ 

तपाईको प्रतिक्रिया