कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट

  असोज २६, २०७८

काठमाडाैं, असाेज २६ : अरबी मुलुक कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।

युरोपेली क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४ – ० गाेल अन्तरले पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो ।

जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एकरएक गोल गरे । समूह ‘जे’ मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो । फिफाकाे वरियतामा जर्मनी १३ औं स्थानमा छ । एक नम्बरमा बेल्जियम  छ ।

जर्मनीले अहिलेसम्म चारवटा विश्वकप, तीनवटा युराेकप र एउटा कन्फेडेरेसन कप जितिसकेकाे छ । जर्मनीले सन् १९५४, ७४, ९० र २०१४ मा विश्वकप जितेकाे छ । यस्तै, १९७२,८० र ९६ मा युराेकप र २०१७ मा कन्फेडेरेसन कप जितिसकेकाे छ ।

तपाईको प्रतिक्रिया