ईपीएल टी–२० : विराटनगरलाई हराउँदै चितवनको जित

  असोज १०, २०७८

काठमाडौं, असोज १० : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल्) टी–२० क्रिकेटअन्तर्गत आइतबारको खेलमा चितवन टाइगर्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर वासिवर्सलाई दुई विकेटले पराजित गर्दै चितवन विजयी भएको हो । विराटनगरले दिएको १५२ रनको लक्ष्य चिवतनले २० ओभरमा ८ विकेट गुमाएर पूरा ग-यो ।

जितका लागि चितवन टाइगर्सका राजेश पुलामीले अविजित रहँदै सर्वाधिक ४३ रन बनाउनुभयो । शाहब आलम १ रनमा अविजित रहनुभयो । त्यस्तै भीम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाउनुभयो । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट हुनुभयो । कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किनुभयो ।

तपाईको प्रतिक्रिया