सुनको मूल्य स्थिर, प्रतितोला ८९ हजार

  असोज १०, २०७८

काठमाडौं, असोज १० : नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु. ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु. ८८ हजार ५५०मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु. १० ले घटेको छ । चाँदी शुक्रबार प्रतितोला रु. एक हजार १६० मा कारोबार भएकामा आज रु. एक हजार १५० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

तपाईको प्रतिक्रिया