ईपीएल टी–२० आजबाट शुरु, ललितपुर र काठमाडौं खेल्दै

  असोज १०, २०७८

काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सवा १२ बजेदेखि खेल शुरु हुनेछ ।

आजबाट शुरु हुने खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेल्दै छन् । कुशल भुर्तेलको कप्तानीमा ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा काठमाडौं मैदानमा उत्रनेछ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदाना कीर्तिपुरमा चौंथो संस्करणको ईपीएल आज देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्नेछन् ।

यसपटकको ईपीएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने न् । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया