नयाँ नोट पाउँदा सर्वसाधारण दंग

  असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ नाेट पाएपछि सर्वसाधरण दङ्ग थिए । राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जनाएकाे छ ।

सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने छन् । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने व्यबस्था मिलाइएकाे छ । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको थिएन ।

तपाईको प्रतिक्रिया