कीर्तिपुरस्तरीय बास्केटबल सम्पन्न

  असोज ०३, २०७८

कीर्तिपुर, भदौ ३ : कीर्तिपुर नगरव्यापी बास्केटबल प्रतियोगिताको नवौं श्रृंखलामा पुरुषतर्फ वडा नम्बरमा १० (क) र महिलातर्फ वडा नम्बर ४ समूह विजयी भएका छन् । शनिबार राति कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर ८ र वडा नम्बर ६ लाई हराएर विजयी भएका हुन् ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्काले विजयी दुबै समूहलाई ट्रफिसहित नगद दशहजार रुपियाँ प्रदान गर्नुभएको थियो । उपविजेता समूहलाई ट्रफिसहित नगद सातहजार रुपियाँ प्रदान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया