संविधान दिवसको अवसरमा म्यूजिकल चियर प्रतियोगिता

  असोज ०३, २०७८

हुम्ला असोज ३ : सातौंं संविधान दिवसको अवसरमा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज उद्योगी व्यवसायीबीच म्यूजिकल चियर प्रतियोगिता आज सम्पन्न भएको छ । कर्णाली प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सो प्रतियोगिता प्रथम हुनुभएको छ ।

प्रतियोगितामा नेता शाही प्रथम, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र राप्रपा अध्यक्ष विकास महत तृतीय हुनुभएको छ । त्यसैगरि सोही प्रतियोगितामा कर्मचारीतर्फ जिल्ला प्रहरी कार्यालयका प्रेमबहादुर रोकाया प्रथम, हिल्दुम बितरण केन्द्रका तेजेन्द्र शाही द्वितीय र कृषि विकास कार्यालयका निर्मल लामा तृतीय हुनुभयो ।

सो प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य सहभागिता जनाउनु भएको थियो । बजेता नेता शाहीसहित छ जनालाई नगद एक हजार पाँच सय रुपियाँ, एक हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएको छ । दुवै प्रतियोगितामा तीस जनाभन्दा बढीले सहभागिता जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया