विश्वकप लिग २ अन्तर्गत आज नेपाल र अमेरिकाबीच दोस्रो खेल हुँदै

  असोज ०३, २०७८

काठमाडौं, असोज १ : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकासँग दोस्रो खेल खेल्दै छ । शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच दोस्रो खेल शुरु हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसयता नेपाल ओमानसँग ५ विकेटले पराजत भयो । बिहीबारको खेलमा ओमाले अमेरिकालाई ४ विकेटले पराजित गरेको थियो । विश्वपक लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) छन् ।

तपाईको प्रतिक्रिया