मेदभेदेभले यूएस ओपनको उपाधि जित्नुभयो

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : रुसी डेनिल मेदभेदेभले पहिलो पटक ग्रान्ड स्लामा उपाधि जित्नुभएको छ । उहाँले नोभाक जोकोभिचलाई हराएर उपाधि जित्न सफल हुनुभएको हो ।

दोस्रो वरीयताका २५ वर्षीय मेदभेदेभले पछिल्लो आफ्नो दुई खेलमा उपाधिको होडमा हार बेहोर्नुपरेको थियो । उहाँले जोकोभिचलाई ६–४ ६–४ ६–४ को सेटमा हराउनुभएको हो । विश्व वरीयताको शीर्ष स्थानमा रहनुभएका जोकोभिचले यस वर्षको अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्ब्ल्डन ओपनको उपाधि जित्नुभएको थियो ।

३४ वर्षीय सर्बियाली जोकोभिचले २१ औं पटक ग्रान्ड स्लामको उपाधि जितेर टेनिसको दुणियाँमा नयाँ कीर्तिमान बनाउने होडमा उभिनुभएको थियो । तर मेदभेदेभले उक्त सपना चकनाचुर पार्नुभयो । यूएस ओपन जितेको भए जोकोभिच रोजर फेडेरर र रफाल नाडलमाथि पुग्नुहुने थियो ।

तपाईको प्रतिक्रिया