जिम्बाबवेका ब्रान्डन टेलरद्वारा सन्यासको घोषणा

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : जिम्बाबवेका चर्चित क्रिकेटर ब्रान्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । ३४ वर्षीय जिम्बाबवेका पूर्ब कप्तान समेत रहनुभएका टेलरले सोमबार आयरल्याण्ड विरुद्ध खेलाडीको रुपमा अन्तिम पटक जिम्बाबवेको प्रतिनिधित्व गर्ने घोषणा गर्नुभएको हो ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्नुभएका टेलर त्यसयता सधैं भरपर्दो ब्याट्सम्यानको रुपमा निखारिदै जानुभयो । उहाँले २०४ अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा छ हजार ६७७ रन बनाउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय एकदिबसीयमा ११ शतक लगाउनुभएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उहाँले आइतबार सन्यासको घोषणा गर्नुभएको हो । “सोमबार मैले मेरो प्यारो देशका लागि अन्तिम क्रिकेट म्याच खेल्नेछु ।”–उहाँले इन्स्टाग्राममा लेख्नुभएको छ । उहाँले ३४ टेष्ट खेलमा दुई हजार ३२० रन र ४५ अन्तर्राष्ट्रिय टी ट्वान्टीमा ९३४ रन बनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया