बङ्गलादेशको न्युजिल्याण्डमाथि लगातार दोस्रो जित

  भदौ २०, २०७८

काठमाडौं, भदौ १९ : बङ्गलादेशले न्युजिल्याण्ड बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल समेत जितेको छ । पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डलाई ६० रनमै समेटेर सात विकेटको जित निकालेको बङ्गलादेशले दोस्रो टी ट्वान्टीमा चार रनको झिनो अन्तरको जित हात पारेको हो ।

बङ्गलादेशले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले पुरै २० ओभर खेलेपनि पाँच विकेटको क्षतिमा १३७ रनमै खुम्चिन पुग्यो । न्युजिल्याण्डका लागि कप्तान समेत रहनुभएका टम लाथमले अविजित रहँदै ६५ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । लाथमले ४९ बलमा ६५ रनको योगदान दिनुभयो ।

विल योङ्गले दोस्रो सर्वाधिक २२ रनको योगदान दिनुभयो । टम लाथम ५९ रनमा अविजित ब्याटिङ गरिरहँदा न्युजिल्याण्डलाई अन्तिम ओभरमा जितका लागि १९ रन आवश्यक थियो । मुस्तफिजुर रहमानले पहिलो पाँच बलमा १४ रन खर्चिनुभयो । तर अन्तिम बलमा छ रन आवश्यक रहँदा मुस्तफिजुरले मात्र एक रन खर्चिदा न्युजिल्याण्डले जित नजिक पुगेपनि हारको सामना गर्नुपर्यो । बङ्गलादेशका लागि महेदी हसन र शकीब अल हसनले सामान दुई दुई तथा नसुम अहमदले एक विकेट लिनुभयो ।

त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोलिले पुरै २० ओभर खेलेर छ विकेटको क्षतिमा १४१ रनको औसत योगफल तयार गर्यो । ओपनरद्वय मोहम्मद नईम र लिटन दासले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । नईमले ३९ तथा दासले ३३ रनको योगदान दिनुभयो ।

मध्यक्रममा कप्तान महमदुल्लाहले मात्र ३२ बलमा ३७ रनको पारी खेलेर बङ्गलादेशलाई रक्षात्मक योगफलसम्म डोर्याउनुभयो । न्युजिल्याण्डका लागि रकिम रबिन्द्रले सर्बाधिक तीन तथा एजाज पटेल, कोल म्याक्कोन्ची र हामिश बेनेटले सामान एक एक विकेट लिनुभयो । जितसँगै बङ्गलादेशले पाँच खेलको श्रृखंलामा २–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया