औंला भाँचिएपछि टेम्बा बभुमा बाहिरिए

  भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : दक्षिण अफ्रिकाको सीमित ओभरका कप्तान टेम्बा बभुमा श्रीलङ्का बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिनुभएको छ । उहाँको अनुपस्थितिमा केशव महाराजले टोलिको नेतृत्व गर्नुहुनेछ ।

श्रीलङ्का बिरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा ब्याटिङकै क्रममा घाइते भएपछि उहाँ ‘रिटायर्ड हर्ट’ भएर बाहिरिनुभएको थियो । २६ औं ओभरमा ५३ बल खेलेर ३८ रन अविजित रहेर ब्याटिङ गरिरहँदा रन लिने क्रममा फिल्डरले फालेको बल उहाँको औंलामा लागेको थियो । टेम्बा दक्षिण अफ्रिका फर्किनुहुनेछ ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले टेम्बा खेल्न नसक्ने स्थितिमा पुगेको र चयन समितिले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेतृत्व गर्नुहुने खेलाडीको पहिचान गरी जिम्मेवारी दिने बताएको छ ।

तपाईको प्रतिक्रिया