डेनमार्कले स्कटल्याण्डलाई हरायो

  भदौ १७, २०७८

काठमाडौं, भदौ १७ : स्कटल्याण्डको विश्वकप फुटबल २०२२ मा छनोट हुने अपेक्षामा ठूलो चोट पुगेको छ । डेनमार्क बिरुद्धको खेलमा हार बेहोरेपछि उसको विश्वकप यात्रा कठीन हुने भएको हो । समूह एफमा रहेको स्कटल्याण्ड भने विजेता डेनमार्कसँग सात अङ्कको दूरी बनाएको छ । ऊ हाल चौथो स्थानमा छ । चार खेलबाट स्कटल्याण्डले मात्र पाँच अङ्क जोडन पाएको छ ।

खेलको सुरुवातमै डेनमार्कका डेनियल वास्सले हेडरमार्फत् गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । पहिलो गोल भएको एक मिनेट समेत बित्न नदिई तेज डेनमार्कले जोएकिम माहेलको स्ट्राइकमा थपेको गोल नै खेलको अन्तिम तथा निर्णायक गोल रहन गयो ।

तपाईको प्रतिक्रिया