ग्रिजमन्न बाहिरिए, डच स्ट्राइकर लूक डे जोङ्ग भित्रिए

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : बार्सिलोनाले नेदरल्याण्ड्सका स्ट्राइकर लूक डे जोङ्गलाई भित्र्याएको छ । फ्रान्सेली एन्टोने ग्रिजमन्न भने नौ क्याम्प छोड्नुभएको छ । समान सम्झौतामा एटलेटिको मड्रिड पुग्नुभएको छ ।

बार्सिलोनाले जारी संस्करणमा ३१ वर्षीय डे जोङ्गको तलब भुक्तान गर्नेछ । उहाँको स्थायी बसाईका लागि अर्को संस्करणमा निर्णय गर्न सकिने विकल्प खुला राखिएको छ । ग्रिजमन्नले एटलेटिको मड्रिडबाट आफ्नो तलब पाउनुहुनेछ । ग्रिजमन्न दुई वर्ष अघि दश करोड सात लाख पाउन्ड लिएर एटलेटिकोबाट बार्सिलोना पुग्नुभएको थियो ।

फ्रान्सेली स्ट्राइकर ग्रिजमन्नले २५७ खेलमा १३३ गोल गर्नुभएको छ । उहाँले स्पेनिस राजधानी बसाइको क्रममा यूरोपा लिग, यूइएफए कप र स्पेनिस सुपर कप जित्नुभएको थियो । तर बार्सिलोना पुग्दा उहाँले १०२ खेलमा मात्र ३५ गोल गर्नुभएको छ । र कोपा डेल रेको उपाधि मात्रै जित्न सक्नुभयो ।

तपाईको प्रतिक्रिया