क्लियन म्बाप्पे पीएसजीमै रहने हुनुभयो

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : रियल मड्रिडको तीब्र आकांक्षा र कसरतका बावजूद पेरिस सैन्ट जर्माइन (पीएसजी)ले क्लियन म्बाप्पेलाई राख्ने भएको छ । तर फ्रान्सेली स्ट्राइकर म्बाप्पेलाई उसले अर्को संस्करणमा बिना कुनै मूल्यमा गुमाउन सक्नेछ ।

२२ वर्षीय म्बाप्पेका लागि रियल मड्रिडले गत् साता १३ करोड ७३ लाख पाउन्ड मूल्य लगाएको थियो । तर पीएसजीका निर्देशक लियोनार्दोले उक्त मूल्य अपर्याप्त भएको भन्दै टार्नुभएको छ । रियल मड्रिडले भने समयसीमा भित्र उक्त मूल्य संशोधन गर्न सकेन ।

क्लियन म्बाप्पे सन् २०२२ को जुन महिनामा पीएसजीबाट अनुबन्धन मुक्त हुनुहुनेछ । र आगामी जनवरी महिनामै उहाँले अन्य क्लबसँग सम्झौता गर्न सक्ने स्थितिमा पुग्न सक्नुहुनेछ ।

पीएसजी भने आफ्नो लागि खेलाडी स्थानान्तरणको समयलाई भरपूर सदुपयोग गर्यो । पीएसजीले लियोनल मेस्सी, सर्जियो रामोस, गिआनलुग्गी डोन्नारुम्मा, जर्जिनियो विज्नाल्डम र अक्राफ हकिमिसँग अनुबन्धन गर्न सफल भयो ।

तपाईको प्रतिक्रिया