‘नेपालका लागि सफ्ट कर्नर छ तर पिच बाहिर रहनेछ’

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : भारतीय फुटबल टोलिका कप्तान सुनील क्षेत्रीले नेपालका लागि सफ्ट कर्नर रहेपनि पिचमा उत्रिदा जित्ने लक्ष्यसहित उत्रिने बताउनुभएको छ ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण स्पर्धाको पूर्ब सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भारतीय फुटबल टोलिका कप्तान क्षेत्रीले नेपालमा अझै आफ्नो थुप्रै आफन्त रहेको बताउनुहुँदै उक्त धारणा राख्नुभएको हो । दक्षिण एशियाली फुटबल च्याम्पियनशीप(साफ) खेलको तयारी स्वरुप नेपाल र भारतले मैत्रीपूर्ण दुई खेल खेल्नेछ । पहिलो खेल दशरथ रङशालामा बिहीबार खेलाइदैछ ।

भारतीय फुटबल टोलिका कप्तान क्षेत्रीले घरेलु मैदानले नेपाललाई भारतीय फुटबल टोलिका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले मैत्रीपूर्ण खेलले साफ खेल्ने खेलाडीका लागि अबसर रहेको बताउनुभयो । कप्तान क्षेत्रीले नेपालमा आफ्नो मामा र माइजू बस्नुभएको बताउनुहुँदै खेल सकिएपछि भेट्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया