नेपाल र पपुवान्यूगिनीबीचको क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने

  भदौ १६, २०७८

काठमाडौं, भदौ १५ : नेपाल र पपुवान्यूगिनीबीचको खेल प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ र डिश होम मीडियाबीच प्रत्यक्ष प्रसारण गर्न मङ्गलबार सम्झौता भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार नेपाल र पपुवान्यूगिनीबीचको दुई खेलको एकदिबसीय श्रृखंलाको प्रत्यक्ष प्रसारण गर्न आज सहमति पत्रमा हस्ताक्षर भएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह डिश मीडिया नेवटर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

नेपालले ओमान भ्रमणको क्रममा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल भदौ २० गते अल अमिरात क्रिकेट ग्राउन्डमा खेल्नेछ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेल भदौ २३ गते खेलाइनेछ । उक्त खेल डिश होमले एक्शन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

तपाईको प्रतिक्रिया