एभरेष्ट प्रिमियर लिग विजेताले ५० लाख पाउने

  भदौ १६, २०७८

काठमाडौं, भदौ १५ : एभरेष्ट प्रिमियर लिग (ईपीएल)को विजेता फ्रेञ्चाइजले ५० लाख रुपियाँबाट पुरस्कृत हुने भएको छ । ईपीएलले गएको संस्करणमा विजेतालाई २५ लाख रुपियाँ तथा ट्रफीबाट पुरस्कृत गरेको थियो । लिगले पुरस्कार रकममा बृद्धि गरेको छ ।

ईपीएलले सामाजिक सञ्जाल फेसबुकमा जानकारी साझा गर्दै विजेता टोलिले ५० लाख रुपियाँका साथै ट्रफी पाउने जनाएको छ । त्यसैगरी, उपविजेता हुने टोलिलाई १५ लाख रुपियाँबाट पुरस्कृत गरिनेछ । गएको संस्करणका विजेताले २५ लाख रुपियाँबाट पुरस्कृत भएको थियो ।

ईपीएलको आगामी संस्करण सेप्टेम्बर २५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सुरु हुँदैछ । प्रतियोगितामा अघिल्लो संस्करणको अपेक्षा बढी संख्या विदेशी खेलाडीहरुको सहभागिता रहनेछ । क्रिस गेल, शाहिद अफ्रिदी जस्ता क्रिकेटका चर्चित हस्ती समेत ईपीएल खेल्न काठमाडौं आउँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया