शाहिद अफ्रिदीले खेल जीवन अन्त्य गर्नुहुने

  भदौ १६, २०७८

काठमाडौं, भदौ १५ : पाकिस्तान क्रिकेट टोलिका पूर्ब अलराउन्डर शाहिद अफ्रिदीले सन् २०२२ को पाकिस्तान सुपर लिग खेलेर आफूले सक्रिय खेल जीवन अन्त्य गर्ने बताउनुभएको छ । पीएसएलमा शाहिद हाल मुल्तान सुल्तानमा आबद्ध हुनुहुन्छ ।

उहाँले आफू सक्रिय खेल जीवन अन्त्य गर्नुअघि क्वेट्टा ग्लाडिएटर्सबाट खेल्न चाहेको इच्छा ब्यक्त गर्नुभएको छ । यसअघि उहाँले पेशावर जल्मी र कराँची किंग्सको प्रतिनिधित्व गरिसक्नुभएको छ । उहाँले आगामी संस्करण आफ्नो क्रिकेट जीवनमा खेलाडीको रुपमा अन्तिम संस्करण हुने र मुल्तानले मुक्त गरे र ग्लाडिएटर्सले राख्न चाहे आफू खेल्न इच्छुक रहेको बताउनुभएको छ ।

अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गरेको करिब पाँच वर्ष हुन लागेको छ । शाहिद अफ्रिदी पीएसएलका सबैभन्दा उत्कृष्ट अलराउन्डर हुनुहुन्छ । उहाँले नेपालमा एभरेष्ट प्रिमियर लिग समेत खेल्ने सहमति जनाउनुभएको छ । आगामी सेप्टेम्बर २५ बाट काठमाडौंमा सुरु हुने इपीएलमा शाहिदले काठमाडौं किंग्सको प्रतिनिधित्व गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया