युभेन्ट्सबाट बिदाई, रोनाल्डो म्यान्चेष्टर यूनाइटेड पुग्नुभयो

  भदौ १६, २०७८

काठमाडौं, भदौ १५ : म्यान्चेष्टर यूनाइटेडले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई आफ्नो क्लब ल्याएको छ । इटाली क्लब युभेन्ट्सबाट रोनाल्डोलाई यूनाइटेडले आफ्नो क्लबका भित्र्याएको हो । दुई दिन अघि मात्रै यूनाइटेडले रोनाल्डोसँग अनुबन्धनको सहमति भएको बताएको थियो ।

म्यान्चेष्टर यूनाइटेडले ३६ वर्षीय रोनाल्डोका लागि एक करोड ५० लाख यूरो तिरेको छ । सम्भाबित ८० लाख यूरो थप्न सकिने यूनाइटेडले जनाएको छ । म्यान्चेष्टर यूनाइटेडले रोनाल्डोसँग दुई वर्षे अनुबन्धन सम्झौता गरेको छ । दुबै पक्षले चाहे उक्त अनुबन्धनलाई थप एक वर्षका लागि लम्ब्याउन पाउने ब्यवस्था गरिएको छ ।

सन् २००९ मा रियल मड्रिडमा आबद्ध हुनु अघि रोनाल्डोले म्यान्चेष्टर यूनाइटेडसँगको पहिलो अनुबन्धनमा २९२ खेलमा ११८ गोल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया