म्यान्चेष्टर सिटीका फुटबलर बेञ्जामिनमाथि बलात्कारको आरोप

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : म्यान्चेष्टर सिटीका फुटबलर बेञ्जामिन मेन्डीमाथि बलात्कारको आरोप लागेको छ । २७ वर्षीय बेञ्जामिनमाथि चार पटक बलात्कार गरेर र एक पटक यौन दुब्यर्वहार गरेको अभियोग लागेको छ ।

बीबीसीका अनुसार बेञ्जामिनमाथि लगाइएको तीनवटा अभियोग १६ वर्षको भएदेखि जारी अगष्ट महिनासम्मको हो । प्रेसबरीका बेञ्जामिनलाई गिरफ्तार गरिएको छ र शुक्रबार चेष्टरका अदालतमा उपस्थित गराइनेछ ।

‘लेफ्ट ब्याक’ बेञ्जिामिनले सन् २०१७ यता नियमित खेल्नुहुँदै पछिल्लो संस्करणमा सिटीले प्रिमियर लिग जित्दा टोलिको सदस्य हुनुहुन्थ्यो । उहाँले मोनाकोबाट पाँच करोड २० लाख यूरोमा म्यान्चेष्टर सिटीमा आबद्ध हुनुभएको थियो ।

म्यान्चेष्टर सिटीले फ्रान्सको राष्ट्रिय टोलिबाट समेत खेल्दै आउनुभएका बेञ्जामिनलाई अनुसन्धान अबधिका लागि निलम्बन गरिएको प्रष्ट्याएको छ ।

तपाईको प्रतिक्रिया