पहिलो पारीमा भारतमाथि इंग्ल्याण्डको ३५४ रनको विशाल अग्रता

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : इंग्ल्याण्डले भारत बिरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३५४ रनको विशाल अग्रता कायम गरेको छ । इंग्ल्याण्डका पहिलो चार जना ब्याट्सम्यानले संयमित पारी खेलेपछि उसले पहिलो पारीमा विशाल अग्रता कायम गर्न सफल भएको छ ।

इंग्ल्याण्डले पहिलो पारीमा ४३२ रन बनाउँदै विशाल अग्रता कायम गरेपछि भारतले तेस्रो टेष्ट खेल गुमाउने खतरा बढेको छ । उसले खेल बराबरीमा सकाउन कम्तिमा दुई दिन अनिवार्य ब्याटिङ गर्नुपर्ने हुन्छ ।

रोरी बनर्स र हसीब हामीदले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । बनर्सले ६१ तथा हामीदले ६८ रनको पारी खेलेर पेभेलियन फर्किदा कप्तान जोइ रुटले १२१ रनको योगदान गरेर इंग्ल्याण्डलाई सुरक्षित योगफलसम्म पुर्याउनुभयो । देविड मलानले ७० रनको योगदान दिनुभयो ।

भारतका लागि मोहम्मद सामीले सर्बाधिक चार तथा जसप्रित बुमराह, रबिन्दर जडेजा र मोहम्मद सिराजले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले आफ्नो पहिलो पारीमा मात्र ७८ रनमा समेटिन पुग्यो ।

भारतका लागि रोहित शर्माले १९ र अजिन्क्यै रहानेको १८ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन तथा ओलि रबिन्सन र साम कर्रनले सामान दुई दुई विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया