ओमानमा नेपालको राष्ट्रिय क्रिकेट टोलिको अभ्यास

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले अभ्यास सुरु गरेको छ । ओमानमा गत् मङ्गलबार नै अवतरण गरेको राष्ट्रिय टोलिको बुधबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा सबै खेलाडी तथा खेल अधिकारीको रिपोर्ट निगेटिभ आएपछि टोलि बिहीबारबाट अभ्यासमा जुटेको हो ।

प्रतियोगिताको पूर्ब सन्ध्यामा नेपालले पपुवान्यूगिनी बिरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ । दुबै खेल मैत्रीपूर्ण हुनेछ । पपुवान्यूगिनी बिरुद्धको पहिलो खेल भदौ २० मा अल अमारात क्रिकेट ग्राउन्डमा हुनेछ । भदौ २१ गते पपुवान्यूगिनीले मैत्रीपूर्ण खेलमै अमेरिकाको सामना गर्नेछ । भदौ ८ गते नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा पपुवान्यूगिनीको सामना गरेपछि लिग–२ को तयारी सकिनेछ ।

भदौ २८ गते लिग–२ को पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ । भदौ २९ गते नेपालले प्रतियोगिताको दोस्रो खेलमा ओमानको सामना गर्नेछ । प्रतियोगितामा सम्मिलित तीनवटै टोलिले चार चार अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ ।

तपाईको प्रतिक्रिया