बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  भदौ ११, २०७८

नवलपरासी, भदौ ११ : पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सुनवल, वर्दघाट, नगरपालिकाले भुमही, खैरहनी लगाएतका स्थानमा चाईना कन्सट्रक्सन कम्पनीले बनाएका सबै डाईवर्सनहरु बगाएका कारण पुर्वपश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर घितालले बताउनु भएको छ ।

दुई दिनदेखि लगातार वर्ष भई रहेको भए पनि विहीवार रातीदेखि परेको मुसलधारे वर्षाका कारण जिल्लाका तुरिया, सोमनाथ, भुमही, खजुरा खोला लगाएतका खोलाहरुमा ठूलो बाडीका कारण पुर्वपश्चिम राजमार्गमा बनाईएका डाईवर्सन बगाई पुलहरुमा समेत क्षति पुर्याएका कारण पूर्वपश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

वर्षाका कारण सुनवलको बजार क्षेत्र पूर्ण रुपमा डुबानमा परेका कारण स्थानिय स्तरका आवगमन समेत अवरुद्ध भएको नवलपरासीको ट्राफिक कार्यालयले जनाएको छ । यसै गरि झरही खोलाको बाडी नवलपरासीको सदरमुकाम परासी बजारमा पसेका कारण सदरमुकमको जनजिवन प्रभावित भएको परासीका स्थानियवासी केशव पराजुलीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया