कैलालीको विभिन्न क्षेत्रमा डुबान

  भदौ ११, २०७८

धनगढी, भदौ ११ : कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण काँढा, कान्द्रा, पथरैया, मोहना नदीमा आएको बाढीले डुबान भएको हो । बाढीका कारण दुवै पालिकामा कैयौं घर डुबेका छन् । डुबान प्रभावित कतिपय परिवार हुलाकी राजमार्गमा सरेका छन् । 

भजनी नगरपालिकाको वडा नम्बर २, ३, ५, ६ र ८ पुरै डुबान भएको स्थानीय गङ्गाराम चौधरीले जानकारी दिनुभयो । उहाँले करिब ४०० जति घर डुबानमा परेको बताउनुभयो । घरमा बाढी पसेपछि स्थानीयले खाद्यान्न, लत्ताकपडा लगायतका सामान सुरक्षित स्थानमा सारेका छन् । 
जिल्लास्थित आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हिजो राति मोहना र शिवगङ्गा नदीमा बाढीले खतराको सङ्केत पार गरेको थियो । आज बिहानदेखि पानी घटिरहेको चेतन खड्काले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया